पर्सा गाउँपालिकामा बाल संरक्षण योजनाका लागि दुईदिने कार्यशाला गोष्ठी सम्पन्न



सर्लाही । पर्सा गाउँपालिकामा बाल संरक्षण योजनाको लागि दुई दिने कार्शाला गोष्ठी यही पौष २१ र २२ गते सम्पन्न भएको छ ।

कार्यशाला गोष्ठीमा यसअघि नै निर्माण भएको बाल अधिकार सम्बन्धि कार्यविधि कार्यान्वयन गर्न बाल संरक्षणका ३० भन्दा बढी विषयहरू पहिचान गरि, सम्पन्न गर्ने समयसीमा र लागत अनुमान सहितको कार्य योजना खाका निर्माण गरिएको छ ।

बाल संरक्षण योजनाका लागि चालू आर्थिक वर्षमा गाउँपालिकाको ३० करोड भन्दा बढी बार्षिक बजेट मध्ये १५ लाख ३० हजार छुट्याइएको छ । सो खेस्रा कार्य योजनाले ८६ लाख भन्दा बढी आगामी वर्षको लागी लागत अनुमान तयार गरेको छ ।

कार्यशालामा पालिकाका अध्यक्ष, उपाध्यक्ष, पालिकाका एक वडाका वडा अध्यक्ष बाहेक सबै वडाका वडा अध्यक्षहरू,  कार्यपालिकाका सदस्यहरू, महिला तथा बालबालिका शाखाका प्रमुख, स्वास्थ्य शाखा प्रमुख, शिक्षा शाखा प्रमुख, बाल अधिकार समितिका सदस्यहरू बाल सञ्जालका प्रतिनिधि, स्थानीय प्रहरी चौकी प्रमुख लगायतको सहभागिता रहेको थियो ।

बाल अधिकार विज्ञ मधु दवाडीले सहजिकरण गरेको कार्यक्रममा पर्सा गाउँपालिकाको समन्वय, बागमती सेवा समाज नेपालको आयोजना र वर्ल्ड भिजनको आर्थिक सहयोग, बाल संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरसीप परियोजना अन्तर्गत सम्पन्न भएको परियोजना संयोजक प्रमेश बादेले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्