
काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौं आएका छन् ।
आइतबार काठमाडौं आइपुगेका उनले नेपाल-चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्याउन भूमिका खेल्ने बताएका छन् ।
चेन नेपालका लागि २२ औं चिनियाँ राजदूत हुन् । यसअघिकी राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीनले चेनलाई नयाँ राजदूतको रुपमा नियुक्त गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान पत्रकार सम्मेलन गर्दै उनले चीन र नेपाल सरकारबीच भएका महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्दै द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका खेल्ने बताए ।