सत्ता गठबन्धन दलको बैठक बस्दै



काठमाडौं । सत्ता गठबन्धनका दलका नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने छ ।

बैठकमा पुस २६ गते प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल हुने प्रचण्ड निकट स्रोतले बतायो । कुन प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा नेताहरुबीच सहमतिको प्रयास हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्