
काठमाडौं । बिहीबार राति पाल्पाको खुर्सानेमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ।
रूपन्देहीको सालझन्डीबाट पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नंं ८ खुर्सानेतर्फ जाँदै गरेको गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका ६ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सालझण्डी ढोरपाटन सडकखण्डमा भएको उक्त दुर्घटनामा परी खुर्सानेका ४५ वर्षीया गुना कुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरूमा घिमिरे, १९ वर्षीया विमा पाण्डेयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले बताए।
सोही दुर्घटनामा परी १८ जना घाइते भएका छन्। घाइतेहरूको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।
घाईते हुनेहरू पनि सबै खुर्सानेकै रहेको प्रहरीले जनाएको छ।





