ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौं । सुनको मूल्यले तोलामै एक लाख तीन हजार रुपैयाँ पार गरेको छ ।

आज तोलामा २ सय रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ३ हजार एक सय रुपैयाँ पुगेको छ ।

यस्तै तेजावी सुनको मूल्य एक लाख २ हजार ६ सय र चाँदीको मूल्य १३ सय ८५ रुपैयाँ तोकिएको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको हो ।

बुधबार छापावाल सुनको मूल्य एक लाख २ हजार ९ सय, तेजावी सुनको मूल्य १ लाख २ हजार ४ सय र चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्