पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड सम्पन्न



काठमाडौं । नयाँ वर्षको पूर्व सन्ध्यामा काठमाडौंमा ‘चौथा पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड–२०२२’ काठमाडौंको हायात प्लेस होटलमा सम्पन्न भएको छ । फिल्म, मोडलिङ, ब्युटी तथा फेशन क्षत्रीका विभिन्न सेलीब्रेटीलाई अवार्ड प्रदान गर्दै यो अवार्ड सम्पन्न भएको हो ।

समारोहमा अग्रज मोडल तथा कोरियोग्राफरलाई अनर अवार्डबाट सम्मानित गरियो । कार्यक्रममा कोरियोग्राफर तथा मोडल प्रशान्त ताम्राकार, मोडल तथा अभिनेत्री मलिना जोशी, अग्रज सञ्चारकर्मी नरेश भट्टराई, अभिनेता रोहित रुम्बा, अग्रज मोडल तथा इभेन्ट निर्देशक आयोजक धिरज तन्डुकार, नेपालको पहिलो महिला रेश्लर भगवाती खड्का ‘युनिका’, लोकप्रिय मेकअप आर्टिस्ट तथा मोडल बिना रानामगरलगायतलाई पनि विभिन्न ब्यक्तिहरु अनर अवार्डबाट सम्मानित गरिने भए । यस पटक मोडलिङ तर्फ ४० विधामा र फेशन तर्फ ४० विधा र अन्य २३ विधामा अवार्ड तथा सम्मान प्रदान गरियो । अवार्ड तथा सम्मान बिजेताहरु यस प्रकार छन् ।

टच इन्टरटेनमेन्ट एन्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल इन्टरनेशनल र ब्राईट इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा यो अवार्ड अभिनेताद्धय यसराज गराच, दिक्पाल कार्की र मोडल राजन अधिकारीले आयोजना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्