भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु, ८ जना घाइते



काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–२ मा पिकअप भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आठजना घाइते छन् ।

बाराको विश्रामपुर गाउँपालिका–३ का अन्दाजी १८ वर्षीय राहुलकुमार पण्डितको मृत्यु भएको हो । उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जनाइएको ।

घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । आज बिहान करिब पौने १० बजे ना४च ९४१ नम्बरको पिकअप भ्यान अनियन्त्रित भएर नालीमा पल्टिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्