लुम्बिनी प्रदेशसभा सांसादहरुको शपथ आज



दाङ । लुम्बिनी प्रदेशसभा नवनिर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको शपथग्रहण लिदैछन्। प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा उनीहरूलाई शपथग्रहण गराउन लागिएको हो ।

केही बेरमा शपथग्रहण कार्यक्रम राखिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए। प्रदेशसभा सदस्यहरूलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउने कार्यक्रम छ ।

प्रदेश प्रमुखको कार्यालय स्थानान्तरण भइनसकेको र स्थायी राजधानीमा प्रदेश प्रमुखको कार्यालय निर्माण नभएका कारण प्रदेशसभा भवनमा शपथग्रहण गराउन लागिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्