
काठमाडौं । काठमाडौं नाइट्सले नेपाल टी–२० लिगमा तेस्रो जित निकालेको छ । आइतबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले जनकपुर रोयल्समाथि ९० रनको फराकिलो जित निकालेको हो । सुनाम गौतम र रायन बर्लको उत्कृष्ट ब्याटिङ तथा अविनाश बोहोरोको उत्कृष्ट बलिङप्रेरित जनकपुर सहज जित निकाल्न सफल भयो । यस जितसँगै काठमाडौं पाँच खेलमा ६ अंक जोडेर तेस्रो स्थान छ । जनकपुक ६ खेलमा आठ अंकका जोडेर दोस्रो स्थानमा यथावत् छ ।
काठमाडौँले प्रस्तुत गरेको एक सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा समेटिएको थियो । जनकपुरका लागि सराफुद्दिन असरफलले ३१ बलमा तीन छक्का र दुई चौका मद्दतमा सर्वाधिक ३७ रनको योगदान दिए ।
यसैगरी सोमपाल कामीले २१ तथा खडक बोहोराले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । आठौं विकेटका लागि सराफद्दिन र सोमपालले ५४ रनको साझेदारी गरेका थिए । काठमाडौंका लागि अविनाशले चार,अज्मतुल्लाह ओमरजाईले दुई तथा अनिल खरेल र वसिर अहमदले समान एक विकेट लिए ।





