अमेरिका पठाईदिन्छु भन्दै पैसा ठगी गर्ने व्यक्ति पक्राउ



काठमाडौं । प्रहरीले अमेरिकालगायतको देशमा पठाइदिन्छु भन्दै १ करोड ६२ लाख ६ हजार रूपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१ कुपण्डोल घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका–८ ओमनगर बस्ने ४४ वर्षीय राजेश थापा रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको लैनचौरबाट बुधबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्