
काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ सय, तेजावी सनुको मूल्य एक लाख ४ सय र चाँदीको मूल्य १ हजार ३८० रुपैयाँ तोकिएको छ ।
बुधबार सुनको मूल्य एक लाख एक हजार एक सय, तेजावी सुनको मूल्य एक लाख ६ सय र चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।





