पुर्पक्षका लागि थुनामा राख्ने सन्दीपको पुनरावेदनमा सुनुवाइ हुँदै



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदनमा सुनुवाइ हुँदै छ । बिहीबार उच्च अदालत पाटनमा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा सुनुवाइ तोकिएको छ ।

लामिछानेको तर्फबाट उनलाई थुनामा राख्न जिल्ला अदालतबाट भएको आदेश बेरीतको आदेश भएको भन्दै सोविरुद्ध पुनरावेदन दायर गरिएको हो । पेसीमा आजै बहस भई आदेश हुने सम्भावना रहेको लामिछानेका कानुन व्यवसायी सरोज घिमिरेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्