ह्वात्तै बढ्यो सुनको मूल्य



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य पाँच दिनयताकै उच्च भएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख एक हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बुधबार मंगलबारको तुलनामा तोलामा ४०० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले मूल्यवृृद्धि भएर एक हजार ४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्