टेकबहादुर गुरुङको सांसद पद निलम्बन



काठमाडौं । संघीय संसद् सचिवालयले टेकबहादुर गुरुङको सांसद पद निलम्बन गरेको जनाएको छ ।

उनीविरुद्ध दर्ता भएको भ्रष्टाचारको मुद्दामा विशेष अदालतमा विचाराधीन रहेकाले सांसद पद निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्रानुसार गुरुङको सांसद पद निलम्बन गरिएको संसद् सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्