कमजोर भिजिबिलिटीका कारण विमानस्थलहरुको उडान प्रभावित



काठमाडौं । कमजोर भिजिबिलिटीका कारण मंगलबार तराईका मुख्य विमानस्थलहरुको उडान प्रभावित भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार भैरहवा, नेपालगञ्ज र धनगढीमा कमजोर भिजिबिलिटीका कारण उडान बन्द रहेको छ ।

बाक्लो हुस्सुले यी विमानस्थलको उडान प्रभावित भएको छ । काठमाडौंमा भने उडान सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्