![](https://i0.wp.com/s3.pariwartankhabar.com/2019/04/pakrau.jpg?fit=640%2C426&ssl=1)
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तीन किलो खैरो हेरोइनसहित केही विदेशी पक्राउ परेका छन् ।
लागु औषध नियन्त्रण ब्युरोको टोलीले उनीहरुलाई हिजो पक्राउ गरेको हो ।
त्रिभुवन विमानस्थलको भन्सार कार्यायल नजिकबाट ३ किलो खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरिएको ब्युरो स्रोतले जनाएको छ ।
पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने ब्युरोको तयारी छ ।