१९ वर्षपछि छुटे चार्ल्स शोभराज, आजै फ्रान्स डिपोर्ट गरिने



काठमाडौं । चार्ल्स शोभराजलाई आज साँझ नै फ्रान्स डिपोर्ट गरिने भएको छ ।

सर्वोच्च अदालतको आदेशमा रिहा भएका शोभराज अहिले अध्यागमन विभागमा छन् ।

शोभराजले केही दिन नेपाल बस्न चाहेका थिए । तर उनलाई आजै साँझ फ्रान्स पठाउने तयारी छ । सिमल ट्राभन्सबाट उनको टिकट काटिएको छ ।

उनी साँझ ६ बजे कतार एयरवेजको विमानबाट दोहा हुँदै पेरिस जानेछन् ।

प्रतिक्रिया दिनुहोस्