
काठमाडौं । साताको अन्तिम कारोबार दिने बिहीबार नेप्से सामान्य घटेको छ । बिहीबार बजार परिसूचक नेप्से ०.०१ अंकले घटेर १८६७.२१ अंकमा बन्द भएको छ ।
बैंकिङ र अन्य उपसूचकमा वृद्धि भएपनि अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से बढ्न सकेन । अन्य उपसूचक २.०४ प्रतिशत र बैंकिङ उपसूचक ०.११ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक सर्वाधिक २.२८ प्रतिशत र व्यापार उपसूचक १.१२ प्रतिशतले गिरावट भएको छ ।





