हुस्सु–कुहिरोका कारण विमानस्थलमा उडान र अवतरण प्रभावित



काठमाडौं । हुस्सु–कुहिरो लागेका कारण आज बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएका छन् ।

भिजिबिलिटी कम हुँदा बाह्य र आन्तरिक दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महामप्रवन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

उनका अनुसार अवतरण हुन नसकेका केही विमानलाई डाइभर्ट गरिएको छ । भारतको मुम्बईबाट आएको विस्तारा र नयाँदिल्लीबाट आएको इण्डिगो एयरका विमानहरुले काठमाडौंको आकाशमा फन्को लगाइरहेका छन् ।

मौसममा सुधार आएपछि नियमितरुपमा उडान अवतरण हुने महाप्रबन्धक ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस्