
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ५.८९ अंकले गिरावट भएर १८६७.२२ अंकमा बन्द भएको छ । बुधबार बजारलाई लिड गर्ने बैंकिङ उपसूचक वृद्धि भएपनि त्यसबाहेकका सबै उपसूचकमा गिरावट हुँदा नेप्से सामान्य घटेको छ ।
बैंकिङ उपसूचक ०.२७ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने सर्वाधिक १.५ प्रतिशतले गिरावट भएको छ । यस्तै अन्य उपसूचक १.३९ प्रतिशतले गिरावट हुँदा अरु सबै उपसूचक १ प्रतिशत भन्दा कमले गिरावट भएको छ । सोमबार र मंगलबार लगातार दुई दिन बढेको नेप्से बुधबार भने घटेको हो ।





