पार्टीलाई अघि बढाएर लैजान प्रतिबद्ध छु : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टीलाई व्यवधानमुक्त राख्ने काममा लाग्ने बताएका छन् ।

बुधबार कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।

देउवाले आफूलाई दलको नेतामा विजयी गराएकामा सांसदहरूलाई धन्यवाद व्यक्त गरे । उनले अबका दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजान आफू प्रतिबद्ध रहेको बताए ।

“सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक धन्यवाद छ । यो पार्टीलाई राम्रो रूपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यवधानमुक्त राख्नेछु,” देउवाले भने ।

प्रतिक्रिया दिनुहोस्