सप्तरीमा बालिकाको मृत्युपछि स्थिति तानवग्रस्त, प्रहरीद्धारा १० राउन्ड हवाई फायर



सप्तरी । सप्तरीको रुपनीमा मंगलबार बिहान टिपरको ठक्करबाट स्कुले बालिकाको मृत्यु भएपछि स्थिति तानवग्रस्त बनेको छ ।

रुपनी गाउँपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा ना१क ८५४२ नम्बरको टिपरले सोही वडाका शंकर यादवकी १२ वर्षीया छोरी रीताकुमारी यादवलाई ठक्कर दिएको थियो । उनी विद्यालय गइरहेकी थिइन् ।

बालिकाको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि उनका आफन्त र स्थानीय आक्रोशित भई राजमार्ग अवरुद्ध पारेर प्रदर्शनमा उत्रिएका छन् ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १० राउन्ड हवाई फायर र आठ सेल अश्रुग्यास प्रहार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्