ट्रफी बोकेर मेसी पुगे अर्जेन्टिना



काठमाडौं । फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ ले पराजित गर्दै ३६ वर्षपछि विश्वकप जितेको अर्जेन्टिनी टिम घर पुगेको छ ।

लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना टोली मंगलबार बिहान अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स पुगेको हो ।

आइतबार लुसेल स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्दै विश्वकप जितेको हो ।

प्रतिक्रिया दिनुहोस्