फिफा विश्वकप फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैं



काठमाडौं । कतार फिफा विश्वकप २०२२ को फाइनल आज आइतबार हुँदैछ। दोहास्थित लुसेल मैदानमा हुने फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। सन् १९३० बाट हरेक चार वर्षमा आयोजना भएको विश्वकपमा दुवै टोली दुई पटक च्याम्पियन भएका छन्।

कतार विश्वकप खेलमात्रै हैन, यसबाट विजयी हुनेले ठूलो आर्थिक पुरस्कार रकम समेत प्राप्त गर्छन्। विश्वकपमा झन्डै ४४ करोड डलर पुरस्कारका छुट्ट्याइएको छ।

विजेताले ४ करोड २० लाख डलर पाउने फिफाले जनाएको छ। यसैगरी उपविजेताले ३ करोड डलर, तेस्रो हुनेले २ करोड ७० लाख डलर र चौथो हुनेले २ करोड ५० लाख डलर प्राप्त गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्