प्रचण्ड र अभिनेता विवेक ओबरायबीच भेटवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबरायले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता ओबराय बुवा तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै बिहीबार खुमलटार पुगेका थिए । उनीहरुबीचको भेटको तस्वीर प्रचण्डपुत्री गंगा दाहालले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

प्रचण्डसँगको भेटमा ओबराय बाबुछोरा नेपाली ढाकाटोपीमा सजिएका देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्