१४ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । सेयर बजार बिहीबार ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १४.४८ अंकले ओरालो लागि १८८२.६० विन्दुमा आएर रोकिएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१५ अंक घटेर ३६८.०४ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २१० कम्पनीको कारोबार हुँदा २८ कम्पनीमा वृद्धि भएको र १६७ कम्पनीमा ओरालो लागेसँगै १५ कम्पनी स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्