
काठमाडौं । ललितपुरका मेयर चिरिबाबु महर्जनले भूकम्पले क्षति पुर्याएका मठ–मन्दिर टेन्डर खोलेर निर्माण गर्न नहुने बताएका छन्।
बिहीबार काठमाडौं २८औं महानगर दिवसको अवसरमा बोल्दै सम्पदा क्षेत्र समेत रहेको काठमाडौंले मठ–मन्दिर बनाउन नेपाल सरकारलाई टेन्डर खोलेर काम गर्न नदिन सुझाव दिएका हुन्।
‘सम्पदा क्षेत्र भएका हामी जस्ता महानगरले नेपाल सरकारलाई टेन्डर खोलेर काम गर्न दिन हुँदैन,’ उनले भने, ‘टेन्डर खोल्दा पैसा त कम हुन्छ, जसले कम पैसा भन्छ उसैलाई काम गर्न दिइन्छ। तर राम्रो काम हुन्छ कि हुँदैन थाहा हुँदैन।’
एउटा टेन्डर हालेको कम्पनीले राम्रो काम गर्ने भएतापनि राम्रो काम नगर्ने कम्पनीले टेन्डरमा कम पैसा राखेका कारण उसैलाई दिनुपर्ने बाध्यात्मक परिस्थिति हुने उनले बताए।
यस्तै मेघा प्रोजेक्ट गर्न काठमाडौं महानगर एक्लैले गर्न गाह्रो हुने हुँदा अरू महानगरसँग पनि सहकार्य गर्नुपर्ने बताए।





