कांग्रेस नेता कमल चित्रकारको निधन



काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता कमल चित्रकारको निधन भएको छ । बीपी कोइराला पहिलोपटक प्रधानमन्त्री भएको बेला उनी नेपाल तरुण दलको महामन्त्री थिए । पछि बीपीसँगै पक्राउ परेर छुटेपछि उनी विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए ।

विद्यार्थी आन्दोलनमार्फत निरंकुशताविरुद्ध उभिएका चित्रकार २०३८ सालमा सुधारिएको पञ्चायतले गरेको पहिलो चुनावमा काठमार्डौं महानगरको प्रधानपञ्च बनेका थिए ।

कांग्रेस नेता अर्जुननरसिंह केसी २०१७ सालमा बीपी पक्राउ परेका बेला तरुण दलको महामन्त्री रहेका चित्रकार करिब चार वर्ष जेल परेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्