२ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द भएको छ । मंगलबार २.५७ अंकले घटेको बजार १८९९.७० बिन्दुमा झरेको छ । मंगलबार बजारमा शून्य दशमलव १३ प्रतिशतको गिरावट आएको हो । सोमबार भने बजार बढेको थियो ।

मंगलबार कुल २४८ धितोपत्रको १६ हजार ३२० वटा कारोबारबाट २० लाख ५८ हजार ५१० कित्ता सेयर किनबेच हुँदा ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्