अध्यादेशविरुद्ध अनेरास्ववियुद्धारा विरोध प्रदर्शन



काठमाडौं । सरकारले अपराधीलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याएको भन्दै नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।

जुनसुकै तहका अदालतमा विचाराधीन फौजदारी मुद्दा फिर्ता लिन सक्ने गरी सरकारले अध्यादेश ल्याएको भन्दै मंगलबार काठमाडौंको त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरिएको हो । सरकारले अध्यादेश ल्याएर अपराधीलाई ढाकछोप गर्ने काम गरेको उनीहरूको भनाइ छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्