
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ। सेयर कारोबार मापक नेप्से परिसूचक १६.९७ अंकले वृद्धि भइ १९०२.२८ विन्दुमा पुगेको हो। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५७ अंकले घटेर ३७२.९३ मा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २०५ कम्पनीको कारोबार हुँदा १५८ कम्पनीमा वृद्धि भएको र ४१ कम्पनीमा ओरालो लागेसँगै ७ कम्पनी स्थिर रहेको छ । यस्तै, ४४ लाख ७० हजार ६२५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३६ करोड ६० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।





