
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत कारोबार दिनभन्दा आज सुन तोलामा तीन सय रुपैयाँ घटेको हो ।
गत कारोबार दिन १ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १ लाख २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





