चुनावको परिणामबारे पार्टीले छिट्टै समीक्षा गर्छ : उपाध्यक्ष पौडेल



बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताएका छन् ।

शुक्रबार बुटवल कालिका क्याम्पसको नवौं वार्षिकोत्सवलाई सम्बोधनपछि पत्रकारसँग कुरा गर्दै उनले मंसिर ४ को चुनावको जनादेश अनुसार एमाले प्रतिपक्षमा बस्ने बताएका हुन् ।

माओवादी केन्द्र र अरु दलसँग मिलेर सरकारमा जाने सम्भावनाबारे पत्रकारको प्रश्नमा उपाध्यक्ष पौडेलले त्यस्तो खेलमा एमाले नलाग्ने बताए ।

नेता पौडेलले सरकार बनाउनेबारे एमालेले कसैसँग छलफल नगरेको दोहोर्याए । चुनावको परिणामबारे पार्टीले छिट्टै समीक्षा गर्ने पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्