बढ्यो सुनको मूल्य, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । जसअनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ९९ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९९ हजार २०० रुपैयाँ कायम भएको छ।

बिहीबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी मूल्य स्थिर रहेको थियो । सो दिन चाँदी १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्