यस्तो छ मन्त्रिपरिषद् बैठकको निर्णयहरु



काठमाडौं । सरकारले पोलियोभाइरसविरुद्धको खोपको ‘क्लिनिकल ट्रायललाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । यही मंसिर २० गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बुधबार उक्त बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंसिर १९ देखि २१ गतेसम्म पाकिस्तानको इस्लामावादमा आयोजना हुने छैटौँ साउथ एन्ड द साउथ वेस्ट एसिया फोरममा राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङको नेतृत्वमा भ्रमण टोलाीलई सहभागी हुन स्वीकृति दिने लगायत निर्णय भएको जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू :
– यही मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिने । साथै, निर्वाचनलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण भुमिका खेल्ने सम्पूर्ण मतदाता, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा दल, सञ्चारमाध्यम, नागरिक समाजलगायत निर्वाचन कार्यमा प्रत्यक्ष र परोक्ष रूपमा सहयोग पु¥याउने सबैलाई नेपाल सरकारको तर्फबाट धन्यावद दिने ।
– मंसिर १९ देखि २१ गतेसम्म पाकिस्तानको इस्लामावादमा आयोजना हुने छैटौँ साउथ एन्ड द साउथ वेस्ट एसिया फोरममा राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङको नेतृत्वमा भ्रमण टोलाीलई सहभागी हुन स्वीकृति दिने ।
– नगद लेखा प्रणालीमा आधारित वित्तीय प्रतिवेदनका लागि संशोधित नेपाल सार्वजनिक क्षेत्र लेखामान नेपाल पब्लिक सेक्टर एकाउन्टिङ स्ट्यान्डर्ड नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा कार्यान्वयनमा ल्याउन स्वीकृति प्रदान गर्ने ।
– विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १९ मिलियन युरो (करिब दुई अर्ब ५४ करोड रुपैयाँबराबर) अनुदान सहायता रकम स्वीकृत गर्ने ।
– विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि नर्वे सरकारबाट प्राप्त हुने १९५ नर्भेजियन क्रोनर (करिब दुई अर्ब ५७ करोड रुपैयाँबराबर) अनुदान सहायता स्वीकार गर्ने ।
– कर्मचारी सञ्चय कोषको प्रशासक पदमा जितेन्द्र धिताललाई नियुक्त गर्ने ।
– किमाथांका अरूण जलविद्युत् आयोजनाका लागि जग्गा प्राप्त गर्ने र प्रारम्भिक कारबाही गर्ने अधिकारी तोक्ने ।
– धोववादी–मेघौली १३२ केभी प्रसारणलाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने ।
– लेखनाथ–दमौली २२० केभी प्रसारणलाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने ।
– मर्स्याङ्दी जलविद्युत् आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही अघि बढाउने अधिकारी तोक्ने ।
– सार्वजनिक हितका लागि आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने ।
– सेती नदी जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने ।
– तनहुँ जलविद्युत् आयोजनाको २२० केभी प्रसारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिने ।
–टक्सार पिफुवाखोला हाइड्रोपावर प्रालिलाई ३३ केभी विद्युत् प्रसारणलाइनका लागि वन क्षेत्र प्रयोग गर्न दिने ।
– माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने ।
– दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने ।
– माथिल्लो आपुखोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने ।
– मेवाखोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने ।
– सुपरचेपे जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने ।
जालपादेवी केवलकार निर्माण आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने ।
– मंसिर २० देखि २३ गतेसम्म सिंगापुरमा हुने १७औँ एसिया तथा प्रशान्त क्षेत्रीय बैठकमा श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृत दिने ।
– तारागाउँ विकास समिति कर्मचारी सेवा सर्त र सुविधासम्बन्धी नियमावली बनाउन स्वीकृति प्रदान गर्ने ।
– लुम्बिनी विकास कोषको कर्मचारी सेवा सर्त र सुविधासम्बन्धी विनियमलाई स्वीकृति प्रदान गर्ने ।
– पोलियोभाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायललाई अनुमति प्रदान गर्ने ।

प्रतिक्रिया दिनुहोस्