नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट



काठमाडौं । सेयर बजार परिसूचमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १६.६१ अंक (०.८६ प्रतिशत) ले गिरावट भएर १९१७.२८ अंकमा बन्द भएको छ । होटल तथा पर्यटन बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो ।

होटल तथा पर्यटन उपसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ । यता बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै १.२८ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी र उत्पादनमुलक उपसूचक पनि १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । मर्जर सम्झौतापछि कारोबार रोकिएको ग्लोबल आईएमई बैंकको सेयर धितोपत्र बोर्डको नयाँ व्यवस्था अनुसार खुलेसँगै बुधबार ९.२९ प्रतिशतले गिरावट भएको छ । जसले बैंकिङ उपसूचकमा उच्च गिरावटको लागि सहयोग भएको छ ।

प्रतिक्रिया दिनुहोस्