जनताको सेवाका लागि पार्टी प्रवेश गरेको हुँ पदको कुनै लोभ छैन : मनाङे



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (मनाङे)ले जनताको सेवाको लागि पार्टी प्रवेश नगरेको बताएका छन् ।

मंगलबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा गुरुङले आफू जनताको सेवाका लागि पार्टी प्रवेश गरेको भन्दै पदको कुनै लोभ नभएको बताए ।

अब एकीकृत समाजवादी छाडेको खण्डमा आफूले राजनीति नै नगर्ने उनको भनाइ छ ।

गुरुङले यसअघि आफ्नै कारणले गठबन्धनले सरकार बनाउन सकेको भन्दै ठूला ठूला मन्त्रालयहरूको अफर आए पनि आफूले युवा तथा खेलकुद मन्त्रालय नै रोजेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्