सिम्रौनगढमा मलको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप



वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिका वडा नं.४ मा रासायनिक मलको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । वडा कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने विषयमा भएको विवादले उग्र रुप लिँदा झडप भएको हो ।

वडा कार्यालयले पाएको रासायनिक मल वितरण गर्न मंसिर १५ गतेदेखि १८ गते आइतबारसम्म किसानलाई नागरिकतासहित आवेदन दिन माग गरेको थियो । केही किसान १८ गते अपरान्ह मलका लागि आवेदन दिन पुगेका थिए । तर उनीहरु पुग्दा वडा कार्यालय बन्द भइसकेको थियो ।

अपरान्ह ४ बजेसम्म खोल्नुपर्नेमा अगाडि नै बन्द गरेका कारण मलका लागि आवेदन दिन आफूहरु वञ्चित भएको भन्दै उनीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्