५ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचकमा एकल अंकको सामान्य गिरावट भएको छ । मंगलबार बजार परिसूचक नेप्से ४.८७ अंक (०.२५ प्रतिशत) ले गिरावट भएर १९३३.८८ अंकमा बन्द भएको छ ।

जीवन बीमा, लघुवित्त र अन्य बाहेक बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा गिरावट हुँदा बजार परिसूचक नेप्से पनि घटेको हो । अन्य उपसूचक सर्वाधिक ०.५७ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ०.२८ प्रतिशत र जीवन बीमा उपसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्