टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु



चितवन । नारायणघाट–मुग्लिन सडक खण्डमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४२ वर्षीय सन्तबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता विजयराज पण्डितका अनुसार मुग्लिनबाट नारायणघाट तर्फ आउँदै गरेको बा २ ख ७४६२ नम्बरको टिपर अनियन्त्रित भई पल्टिँदा टिपरका चालक राईको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्