रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख



काठमाडौं । १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावमा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण मंगलबार निर्वाचन आयोगमा पेश गरेका छन् ।

उनले यो चुनाव खर्च २०७४ सालमा यही क्षेत्रबाट चुनाव लड्दा भन्दा साढे ३ लाख रुपैयाँ बढी भएको खुलाएका छन् । २०७४ सालको चुनावमा विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका उनले २१ लाख ५० हजार रुपैयाँ खर्च गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्