बढ्यो सुनको मूल्य, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला ९७ हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९८ हजार एक सय रुपैयाँ तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार छ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार एक सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला ४० रुपैयाँले बढेर एक हजार तीन सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्