सुनसरी–४ बाट काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी



काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट नेपाली काँग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका काकीै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार जगदीशप्रसाद कुसियैतलाई ११२ मतान्तरले पराजित गरे । कार्की लगातार दोस्रोपटक विजयी भएका हुन् ।

बिहीबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार कार्कीले ३० हजार ४८३ मत ल्याए । कुसियैतले ३० हजार ३७१ मत पाए ।

प्रतिक्रिया दिनुहोस्