सत्तापक्षको नाङ्गो धाँधली​लाई निर्वाचन आयोगले वैधता दियो : शंकर पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा स्याङ्जा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको आरोप लगाएका छन् ।

पोखरेलले सामाजिक सञ्जालमार्फत ‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’ लेखेका छन् ।

एमालेले स्याङ्जा र बाजुरामा पुनः मतदान हुनुपर्ने माग गरेको थियो । तर निर्वाचन आयोगको बुधबारको बैठकले पुनः मतदान होइन मतगणना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्