३ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा ३ अंकमाथिको गिरावट आएको छ । अघिल्लो दिन २.९९ अंकले बढेर १९५३ विन्दुमा अडिएको नेप्सेमा आज पुनः ३.५१ अंकले गिरावट आउँदै १९४९.८५ अंकमा झरेको हो ।

उसो त ३ अंकमाथिले घटेको बजारमा आज कारोबार रकम समेत गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल ८४ करोड २६ लाख ९५ हजार रूपैयाँ बराबरको २३ लाख ५५ हजार ८४५ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्