पाकिस्तानको क्वेटामा आत्मघाती आक्रमणमा परेर २ जनाको मृत्यु



एजेन्सी । पाकिस्तानको क्वेटामा भएको आत्मघाती बम आक्रमणमा परेर कम्तिमा २ जनाको मृत्यु भएको छ । अरु २४ जना घाइते भएका हुन् ।

क्वेटाको बालेली भन्ने ठाउँमा पोलियो थोपा खुवाउने टिमको सुरक्षामा खटिएको प्रहरीलाई लक्षित गरेर आक्रमण भएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा एक जना प्रहरी छन् ।

प्रतिक्रिया दिनुहोस्