१५ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबारको तुलनामा परिसूचक र कारोबार रकममा पनि कमी आएको हो । आइतबारको तुलनामा नेप्से परिसूचक १५.६१ अंकले घटेको छ । कारोबार रकम पनि ५३ करोड रुपैयाँ घटेको छ ।

आइतबार २ अर्ब २ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । आज २३६ धितोपत्रको ३७ लाख ६१ हजार २९९ कित्ता सेयर १ अर्ब ४९ करोड ४३ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्