याओन्देको पहिरोमा परी १४ जनाको मृत्यु



एजेन्सी । अफ्रिकी मुलुक क्यामरुनको राजधानी याओन्देमा आइतबार पहिरोमा परेर १४ जनाको ज्यान गएको छ ।

सोमबार त्यहाँको प्रहरीले दिएको जानकारीअनुसार पहिरोमा परेर १४ जनाको ज्यान गएको छ भने अरु केही हराइरहेका छन् ।

सो क्षेत्रमा पछिल्लो समयमा बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । मुत्यु संस्कारका क्रममा जम्मा भएका मानिसहरुलाई पहिरोले पुरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्