माधव नेपालको पार्टीले बल्लतल्ल २ लाख मत कटायो, बन्ला त राष्ट्रिय पार्टी ?



काठमाडौं। प्रत्यक्षतर्फ १० सिट जितेको माधवकुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टी समानुपातिकतर्फ राष्ट्रिय पार्टी बन्न संघर्ष गरिरहेको छ । कुल सदर मतको ३ प्रतिशत मत ल्याउने पार्टी मात्रै राष्ट्रिय पार्टी बन्ने कानुनी व्यवस्था छ ।

यसपटक खसेको मतको संख्या हेर्दा राष्ट्रिय पार्टी बन्न २ लाख ८० हजारको हाराहारीमा मत ल्याउनुपर्छ । तर देशैभरको मतगणना लगभग अन्तिमतिर पुग्दा एकिकृत समाजवादीले बल्लतल्ल २ लाख मत कटाएको छ । एकिकृत समाजवादीले २ लाख १८ हजार मत ल्याएको छ । उसलाई अझै ६० हजार भन्दा धेरै मतको खाँचो छ । मतगणनाको सुरुमा एकिकृत समाजवादीको मत निकै कम आएकोमा पछिल्लो समय भने बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्