गिरिराजमणि पोखरेललाई पराजित गर्दै एमालेका लक्ष्मी महतो विजयी



काठमाडौं। महोत्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गर्दै नेकपा एमालेका लक्ष्मी महतो विजयी छन्।

महतोले २३ हजार ४०२ मत ल्याएर विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मतमा प्राप्त गरे। पोखरेल सत्ता गठबन्धनका साझा उम्मेदवार थिए।

यो क्षेत्रमा लामो समयदेखि पोखरेल जित्दै आएका थिए। उनी ०६४, ०७० र ०७४ मा यही क्षेत्रबाट लगातार विजयी भएपनि यो पटक एमालेले उनको जितमा ब्रेक लगाइदिएको हो।

०७४ मा महतो जसपाबाट पोखरेलसँग प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला पोखरेलले एमालेको सहयोग पाएर लक्ष्मीलाई पराजित गरे भने यो पटक एमालेमा गएर जसपाको सहयोगमा महतोले पोखरेललाई पराजित गरे।

प्रतिक्रिया दिनुहोस्